डिबालाकाे गाेलमा पहिलाे हाफ युभेन्ट्स १-१ काे बरारीमा

इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानको युभेन्ट्सले लाजियो सामना गरिरहेको छ।

युभेन्ट्सको घरेलु मैदानमा भइरहेको खेलमा पहिलो हाफको समाप्तिमा लाजियो १–१ को बराबरीमा रोकिएको छ।

 खेलको १६ औं मिनेटमा नै लाजियोका लागि लुईस अलबेर्टोले अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै खेल बराबरीमा ल्याए।

जारी लिगमा युभेन्ट्सकाे १७ खेलबाट ४२ अंक रहेकाे छ। शीर्ष स्थानकाे इन्टर  मिलानकाे पनि समान अंक रहेकाे छ। यस्तै लाजियाे १६ खेलबाट ३६ अंक बनाउँदै तालिकाकाे तेस्राे स्थानमा रहेकाे छ।

प्रकाशित मिति: : 2019-12-23 12:22:40

प्रतिकृया दिनुहोस्