ए डिभिजन लिग: मनाङ शीर्ष स्थानमा उक्लियो

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो।

मनाङको जितमा दयानन्द सिंहले निर्णायक गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ। मनाङले दुई खेलमा ६ अंक जोडेको छ।

आर्मीको यो पहिलो हार हो। 

प्रकाशित मिति: : 2019-12-24 03:01:26

प्रतिकृया दिनुहोस्