ए डिभिजन लिग: पुलिसलाई पराजित गर्दै थ्री स्टारकाे विजयी सुरुवात

शहीद स्मारक ए डिभिजन लिगमा थ्री  स्टार क्लबले विजयी सुरुवात गरेको छ। 

नेपाल पुलिस क्लबलाई दशरथ रंगशालामा सोमबार भएको खेलमा १–० गोलले पराजित गर्दै थ्री स्टारले विजयी सुरुवात गरेको हो। 

खेलको ८४ मिनेटमा सुनिल राईले थ्री स्टारका लागि गोल गरेका थिए। पुलिसविरुद्व जीत निकाल्न थ्रीस्टारलाई खेलको ८४ औं मिनेटसम्म कुर्नु परेको थियो। 

सुशान श्रेष्ठले दिएको पासलाई सदुपयोग गरेका सुनिलले पुलिसविरुद्वको महत्त्वपूर्ण जीतमा योगदान पुर्‍याएका हुन  । 

पुलिस विरुद्ध जीत हात पारेको थ्री स्टारले २ खेलबाट ४ अंक बटुलेको छ भने पुलिसको १ अं‍क मात्र रहेको छ।

प्रकाशित मिति: : 2019-12-24 06:10:05

प्रतिकृया दिनुहोस्