मेसीलाई पन्छाउँदै लेवान्डोस्की बने सर्वाधिक गोलकर्ता, रोनाल्डो पाँचौं स्थानमा अटाए

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन क्लब वायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन्।

पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका लागि  ५८ खेलबाट कूल ५४ गोल गरेका छन्। 

यसअघि शीर्ष स्थान कब्जा गर्दै आएका अर्जेन्टिना एवं बार्सिलोनाका स्टार लियोनल मेसी दोस्रो स्थानमा छन्। मेसीले कूल ५० गोल गरेका छन्।मेसीले पनि ५८ खेलबाट ५० गोल पूरा गरेका हुन्।

यसपटक तेस्रो स्थानमा फ्रान्स एवं पीएसजीका स्टार केलियन एमबाप्पे छन्। एमबाप्पेले ४९ खेलबाट ४४ गोल गरे। चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ छन्। रहिमले ४१ गेल गरेका छन्।

पाँचौं स्थानमा पोर्चुगलल एवं इटालियन महारथि युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो रोनाल्डो अटाए। उनले ५० खेल खेल्दै ३९ गोल गरेका छन्। युरोपियन फुटबल बाहिर चिनियाँ क्लब गोन्झाउका स्ट्राईकर एरान जहाभीले सर्वाधिक ४० गोल गरेका छन्। एरान इजरायलका नागरिक हुन्।

स्मरण रहोस् कि  कोपा अमेरिका कपमा रेफ्री र आयोजकमाथि खनिएका मेसी ले तीन महिनाको कारबाही भोगेका कारण राष्ट्रिय टोलीबाट चार खेल्न पाएनन्। त्यसको फाइदा पनि लेवान्डोस्कीलाई भएको हो। अन्यथा यसअघि शीर्ष स्थानमा प्राय  रोनाल्डो र  मेसीकै दबदबा रहँदै आएको थियो। 

प्रकाशित मिति: : 2019-12-26 00:04:29

प्रतिकृया दिनुहोस्