सुनको मूल्य उकालो लाग्ने क्रम जारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। सुन आज प्रतितोला ७२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला ७१ हजार ५ सय रुपैयाँ पुगेको छ।  

चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको छ।
 

प्रकाशित मिति: : 2019-12-26 00:30:01

प्रतिकृया दिनुहोस्