सुनको मूल्य स्थिर

बिएल संवाददाता

काठमाडाै‌ं

 नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। म‌ंगलबार प्रतितोला ३ सयले बढेको सुन  बुधबार ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सुन आज पनि बुधबारकै मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर छ। बुधबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको सोहि मूल्य निर्धारण गरिएको छ।    

चाँदीको भाउ भने आज ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ८ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-26 23:58:22

प्रतिकृया दिनुहोस्