सुनको भाउ तोलामा २ हजार रुपैयाँले महँगियो

 सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको छ।

सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो भाउ अहिलेसम्मकै महँगो हो।

गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ। यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ।

प्रकाशित मिति: : 2020-01-01 00:00:34

प्रतिकृया दिनुहोस्