‘फ्रिक्वेन्सी’ पाउनलाई लाभकर तिर्न बाध्य भयो एनसेल

उद्धव थापा

काठमाडौं

काठमाडौं। टेलिफोन सेवाप्रदायक कम्पनी एनसेलले आज ठूला करदाता कार्यलयमा उपस्थित भएर आफूले तिर्नुपर्ने पुँजीगत लाभकरमध्ये करीब २० प्रतिशत रकम बुझाएको छ। 

एनसेलले पुँजीगत लाभकर बापत नेपाल सकारलाई २२ अर्ब ४४ करोड ५३ लाख रूपैयाँ तिर्नुपर्नेमा आज चार अर्ब ५० करोड रूपैयाँ तिरेको हो। लाभकर तिर्न आनाकानी गर्दै केही समय अघिमात्र इन्टरनेशनल सेन्सर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्यूट (आईसीएसआईडी)मा निवेदन दिएको र आईसीएसआईडीबाट अन्तरिम आदेश समेत आफ्नो पक्षमा पारेको एनसेल लाभ कर तिर्ने प्रक्रियामा सहभागी भएपछि प्रश्न उठेको छ– के कुराले एनसेललाई लाभ कर तिर्न बाध्य पार्‍यो ?

प्रकाशित मिति: : 2020-01-01 12:32:26

प्रतिकृया दिनुहोस्