सन् २०१९ का प्रमुख अन्तर्राष्ट्रिय घटनाक्रम

तस्बिर : एजेन्सी

जनवरी २३ – भेनेजुएलाका विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफू स्वयं अन्तरिम राष्ट्रपति भएको घोषणा। राष्ट्रिय सभामार्फत घोषणा गरिएको।

फेब्रुअरी २७–२८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर वार्ता। वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी विषयमा सहमति नभएपछि वार्ता भङ्ग तर द्विपक्षीय वार्तालाई निरन्तरता दिने सहमति।

मार्च १५ – न्यूजील्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा शुक्रबारको प्रार्थनामा भेला भएको समयमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा ४९ जनाको मृत्यु। प्रहरीले घटनामा संलग्न एकजना २८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। विश्वभरबाट घटनाको निन्दा एवम् भत्र्सना। 

अप्रिल ९ – इजरायलमा सम्पन्न संसद् (नेसेट)का लागि भएको चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रुपमा पुनःस्थापित। प्रधानमन्त्री नेतन्याहु साना दक्षिणपन्थी दलको समर्थनमा पाँचौँ कार्यकालका लागि पुनःप्रधानमन्त्री हुने निश्चित।

अप्रिल ११ – सुडानका राष्ट्रपति मोहमद अल–बसिरलाई सुडानी सेनाद्वारा अपदस्थ। राष्ट्रपतिको राजीनामाको माग गर्दै चार महिनादेखि जारी आन्दोलन कै क्रममा सेनाद्वारा बसिरलाई अपदस्थ गरेको घोषणा। बसिर सुडानमा सन् १९८९ देखि सत्तामा थिए। प्रदर्शनकारीले नयाँ सैनिक सत्तालाई पनि अस्वीकार गर्ने भन्दै सडक प्रदर्शन जारी।

अप्रिल १२ – अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धानसम्बन्धी एक अनुरोधलाई अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले अस्वीकार गरेको। अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि उल्झिएको संयुक्तराज्य अमेरिकाको स्वागत।

अप्रिल २१ – श्रीलङ्काको राजधानी कोलम्बोका दुई वटा क्याथोलिक चर्च र तीन वटा पाँचतारे होटल तथा पूर्वीक्षेत्र बाट्टिकोलोवाको एउटा चर्चमा इस्टर सन्डे मनाउन भेला भएका इसाईमाथि लक्षित गरी शृङ्खलाबद्ध बम बिस्फोटका कारण ३०० भन्दा बढीको ज्यान गयो। तीन दशक लामो गृहयुद्ध अन्त्य भएको एक दशकपछिको यस विभत्स घटनाको विश्वभरबाट निन्दा गरिएको थियो।

अप्रिल २५–२७ – चीनको बेइजिङमा बिआरआई अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न। विश्वका ३७ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख सहभागी यस सम्मेलनबाट आपसी सहयोग प्रवद्र्धनलाई अझ उचाईमा पु¥याउने सहमति।

अप्रिल ३० – संसारको सबैभन्दा पुरानो शाही परिवार मानिने जापानका राजा अकिहितोले औपचारिकरूपमा आफूले गद्दी छोडेको घोषणा। दुई शताब्दीभन्दा बढी राजगद्दीमा रहेका अकिहितोका जेठो छोरा युवराज नरुहितोलाई सिंहासन छोडियो। 

अप्रिल÷मे अप्रिल र मे विश्वको तुलनामा अत्याधिक जनसङ्ख्या भएको प्रजातन्त्र दक्षिणपन्थी र हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)का प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने घोषणासँगै दोस्रो चुनावमा जाने निर्णय।

मे ३ – उत्तर कोरियाले छोटो दूरीको मिसाइलको परीक्षण गरिरहेको दक्षिण कोरियाद्वारा पुष्टि। 

मे  ४ – थाईल्याण्डमा राजा वजिरालोङ्गकोर्नलाई श्रीपेच दिने समारोहको पहिलो दिनको सुरुवात । २०१६ मा उनको बुबाको मृत्युपछि सिंहासन उनले नै सम्हालेका थिए।   

मे  ५ – गाजा र इजरायलका आतङ्ककारीबीच भएको झडपमा तेइस व्यक्तिको मृत्यु। 

मे  ८ – लाखौँ दक्षिण अफ्रिकीले लोकतन्त्रको दुई दशकपछि मतदान गरेका।

मे  ९ – उत्तर कोरियाले बहु व्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिकी रक्षा विभागले घोषणा गरेको। 

मे  २१ – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोे दोस्रो कार्यकालको लागि निवार्चित भएका। जोकोले करिब ५६ प्रतिशत भोटले जितेका थिए। उनको मत निकटतम प्रतिद्वन्द्वीभन्दा १० प्रतिशत फरक रहेको।

मे  २५ – दक्षिण अफ्रिकामा मन्त्रीपरिषद्का सदस्य आधाभन्दा बढी महिला भइपछि नयाँ इतिहास बनेको घोषणा। 

जुन २ – सुडानको जारी रहेको विरोध प्रदर्शनको क्रममा सैन्य मुख्यालय बाहिर प्रर्दशन भएको र सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते।

जुन ३ – हजारौँ आदिवासी महिला र बालबालिका मारिएका “क्यानाडाली नरसंहार”को दिन। सीएनएनले प्राप्त गरेको एक प्रतिवेदनमा मारिएका ती बालिकाका एक हजारभन्दा बढी प्रमाण भेटिएका थिए। त्यस विषयमा २०१६ देखि नै अनुसन्धान जारी रहेको थियो। 

जुन ६ – भेनेजुएलाबाट ४० लाखभन्दा बढी व्यक्ति भागेका जानकारी गराइएको। २०१५ देखि शुरु भएको राजनीतिक र मानवीय मुद्दाको बीचमा भाग्ने काम भइरहेको बताइएको थियो।

जुन १० – मालीको एक गाउँ जलाइएको र कम्तीमा १०० व्यक्तिको मृत्यु भएको थियो। उक्त हत्याको कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन। 

जुन १७ – नाइजेरियामा तीन आत्मघाती बम विस्फोट बम विस्फोटनमा ३० जना मारिनुको साथै अन्य ३९ घाइते  भएका भएका। यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको।

जुन २१ – आणविक हतियारको विकासलाई निरन्तरता दिएमा युद्धमा जान नडराउने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानलाई चेतावनी। इरानले मानवरहित अमेरिकी ड्रोनलाई गोली हानेपछि दुई देशबीचको विवाद झनै उत्कर्षमा पुगेको। 

जुन ३० – अमेरिकी राष्ट्रपतिको हैसियतले डोनाल्ड ट्रम्प पहिलो पटक उत्तर कोरियाको सीमा इलाकामा अवतरण। अमेरिकी राष्ट्रपतिको हैसियतले उत्तर कोरियाको सीमा टेक्ने उनी पहिलो व्यक्ति भएको जानकारी। 

जुलाई ३ – जुलाईमा लिबियाको आप्रवासी केन्द्रमा गरिएको हवाई हमलामा ४० व्यक्तिको मृत्यु हुनको साथै ८० जना घाइते भएका।  

जुलाई ५ – भारत सरकारले मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी ग¥यो। त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले र भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनका रुपमा लिइएको छ।

जुलाई २४ – बेलायतकी महारानीद्वारा प्रधानमन्त्रीका रुपमा बोरिस जोनसनलाई नियुक्त। 

अगस्त ७ – फिलिपिन्सले जनवरी र जुलाई बीचमा ६२२ व्यक्तिको मृत्यु पछि राष्ट्रिय डेङ्गूको महामारीको घोषणा गरेको।  त्यहाँ एक लाख ४६ हजार व्यक्तिलाई डेङ्गु भएको पुष्टि।

सेप्टेम्बर १७ – स्पेनका प्रधानमन्त्रीले चार वर्षमा चौथो पटक भएको निर्वाचनमा पनि कुनै दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अर्को निर्वाचन गर्ने घोषणा। उनले आगामी निर्वाचन सम्भवतःनोभेम्बर गर्ने जानकारी।

अक्टोबर ९ – टर्कीद्वारा उत्तरी सिरियामा आक्रमण, इयुले टर्कीलाई भीषण आक्रमण अन्त्य गर्न आग्रह।

अक्टोबर ११ – इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको। अहमदले इरिट्रियासँग २० वर्षको युद्ध अन्त्य गर्न सहयोग गरेका थिए।

अक्टोबर २६ – अमेरिकी सेनाको आक्रमणमा आइएसआइएस नेता अबु बक्र अल बगदादी मारिएको घोषणा।

अक्टोबर २८ – अल्बर्टो फर्नांन्डेजले अजेन्टिनाको चुनावमा आफ्नो जीतको घोषणा। 

नोभेम्बर २ – मालीको सशस्त्र सेना माथि भएको आतङ्कवादी हमलामा कम्तीमा ५३ सैनिकको मृत्यु। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको।

नोभेम्बर ३ – सरकार विरोधी प्रदर्शन जारी भएपछि प्रदर्शनकारीले बग्दादलाई रोकेका। अक्टोबर १ देखि हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका । भ्रष्टाचार अन्त्य तथा देशमा राम्रो सेवा प्राप्त गर्न सर्वसाधारणले विरोध गर्दै आएका छन्। 

नोभेम्बर ११ – करिब एक महिनाको विरोधपछि राष्ट्रपति इभो मोरालेसले आफ्नो १४ वर्षको शासनपछि राजीनामा गरेका। आन्दोलनकारीले उनलाई चुनावमा धाँधली भएको आरोप लगाएपछि उनको राजीनामा आएको। 

नोभेम्बर ९ – भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भएको। उक्त स्थानमा रहेको भगवान श्रीरामको मन्दिर हिन्दूले आफ्नो क्षेत्रका रुपमा दाबी गरेका थिए भने इस्लामले पनि उक्त क्षेत्रमा वावरी मस्जिद बनाउनुपर्ने दाबी गर्दै आएका थिए। सर्वाेच्च अदालतले सो स्थान हिन्दूलाई दिने र इस्लामका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला ग¥यो।

डिसेम्बर ४ – सुडान कारखानामा विस्फोट कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२३ घाइते। 

डिसेम्बर ९ – फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीका रुपमा निर्वाचित। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो।

डिसेम्बर १० – नागरिकतासम्वन्धी संशोधित विधेयक पारित गरिएपछि भारतका पश्चिम बङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ। आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको र हजारौँ घाइते भएका छन्। सन् २०१४ सम्म पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट धार्मिकरुपमा लखेटिएर या समस्यामा परेर शरण लिन आएर भारतमा बसेको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भनी विधेयकमा राखेको नयाँ व्यवस्थाको विरोध भएको हो। 

डिसेम्बर १७ – पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ विरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनायो। बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनु अगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएको छ।  

डिसेम्बर १८ – जापानमा ‘मीटू’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इतोले बलात्कारसम्वन्धी मुद्दा जितेका। जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महत्वका साथ लिइएको। टोकियोस्थित ‘सिभिल कोर्ट’ले इतोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तीर्न आदेश दिएको थियो। 

डिसेम्बर १८ – अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको। राष्ट्रपति ट्रम्पले शक्तिको दुरु पयोग गरेको भन्दै महाभियोगको पक्षमा निर्णय गरेको हो। सदनमा भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो। 

    डिसेम्बर २८ – सोमालियाको राजधानीमा कारबम विस्फोट कम्तीमा ७८को मृत्यु हुनुको साथै अन्य १२५ घाइते। अहिलेसम्म कुनै समूहले यो जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति: : 2020-01-02 04:53:19

प्रतिकृया दिनुहोस्