बार्सिलोनाका गोलरक्षक स्टेगेन १२ महिना मैदान बाहिर बस्नुपर्ने !

स्पेनिस क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले लामो समय मैदानबाहिर रहनुपर्ने भएको छ।

 घुँडाको चोटका कारण स्टेगिन लामो समय मैदान बाहिर रहनु पर्ने भएको हो।

स्पेनिस मिडिया मार्काका अनुसार उनको दाहिने घुँडामा गम्भीर चोट लागेको छ।

स्टेगिनले सोमबार मात्र बार्सिलोनाका मेडिकल टिमसँग स्वास्थ्य परीक्षण गरेको समाचारमा उल्लेख गरिएको छ।  

मार्काले उनको घुँडाको सर्जरी गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ।

यदि, सर्जरी गर्नुपरेमा उनले १० वा १२ महिना आराम गर्नुपर्छ।

प्रकाशित मिति: : 2020-01-02 10:36:39

प्रतिकृया दिनुहोस्