इंग्लिस प्रिमियर लिग: साउथह्याम्पटनसँग टोटेनह्याम पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम पराजित भएको छ।  

साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा टोटेनह्याम १–० गोल अन्तरले पराजित भएको हो।

साउथह्याम्पटनलाई जित दिलाउन ड्यानी इन्ग्सले निर्णायक गोल गरे।

साउथह्याम्पटनसँग पराजित भएसँगै टोटेनह्याम लिगको शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ।

३० अंक जोडेको टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-02 11:43:50

प्रतिकृया दिनुहोस्