पुरानो मुद्रा घरमा राखेको हल्लाले लियो श्रेष्ठ दम्पतीको ज्यान

काठमाडौं। काभ्रेको नमोबुद्ध नगरपालिका–८, दाप्चा तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठको विषयमा गाउँमा चर्चा चल्ने गर्थ्यो– ‘बुढासँग पुरानो पैसा (रूपैयाँ) छ। त्यो हात पर्‍यो भने त मालामाल भइन्छ।’

धेरैलाई चासो थियो– उनीसँग भएको पुरानो पैसा कस्तो होला? 

एककान, दुईकान, मैदान गर्दै यो हल्ला गाउँभरी फैलियो। उनीसँग पुरानो पैसा थियो/थिएन, भएको भए कहाँ राखेका थिए? यो रहस्यको पर्दा सायदै अब उघारिनेछ।

तर, यही हल्ला श्यामकृष्ण दम्पतीको हत्याको कारण बन्यो। 

श्यामकृष्ण र उनकी पत्नी रुकुमाया श्रेष्ठको गएको १९ कात्तिक राति घरमै विभत्स हत्या भयो। हत्याको कारण नै त्यही ‘पैसाको हल्ला’ भएको प्रहरी बताउँछ। 

प्रकाशित मिति: : 2020-01-02 20:44:58

प्रतिकृया दिनुहोस्