लिभरपुलकाे अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।  

बिहिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको हो।

लिभरपुललाई जित दिलाउन  मोहमद सलाहा र साडियो मानेले एक एक गोल गरे।

सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। मानेले ६४ औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ। उसले लिगमा १३ अंकको अग्रता लिएको छ।

दोस्रो स्थानको लेस्टरको ४५ अंक छ। तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ। सेफिल्ड २९ अंकसहित तालिकाको आठौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-03 20:19:43

प्रतिकृया दिनुहोस्