म खेल्दिनँ !

बिएल संवाददाता

काठमाडाै‌ं

८ बर्ष पछाडि एसी मिलान फर्किएका स्वीडेनका स्टार ज्लाटन इब्राहिमोभिचले सिरी ‘ए’ अन्तर्गत आज साम्पोडोरियाविरुद्ध खेल्दैछन्। राति ७ः४५ बजे हुने उक्त खेलमा ज्लाटन घरेलु मैदानमा देखिन लागेको हुन्।

यस्तैमा ज्लाटनले आफूलाई मिलानको मैदानमा ७० हजार समर्थक चाहिने बताएका छन् । ७० हजार फ्यान भए मात्र खेल्ने अन्यथा नखेल्ने ज्लाटनले बताएका हुन्।

उनले पत्रकारसँग भने, ‘मलाई कम्तिमा ७० हजार फ्यान चाहिन्छ। अन्यथा म खेल्दिनँ।’

३८ वर्षीय फरवार्ड ज्लाटनले दुई सिजन अमेरिकी मेजर सकर लिग क्लब एलए ग्यालेक्सीमा बिताएर यसै महिनाको शुरुमा क्लब छाडेका थिए। जहाँ उनले ५८ खेल खेल्दै ५३ गोल गरेका थिए। ज्लाटनले सिरि ए क्लबसँग ६ महिनाको सम्झौता गरेका छन्।

माल्मोबाट क्लब फुटबल शुरु गरेका ज्लाटनले नेदरल्याण्ड्सको अयाक्स, इटलीको इन्टर मिलान, एसी मलान र युभेन्ट्स, स्पेनको बार्सिलोना,  फ्रान्सको पेरिस सेन्ट जर्मेन तथा इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन्।

ज्लाटनले सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए। उनले ६१ वटा लिग खेलमा ४२ गोल गरेका थिए। मिलानले सन् २०११ यता मुख्य उपाधि विहिन छ।

सात पटकको युरोयिन च्याम्पियन निकै खराब लयबाट गुज्रिरहेको छ। क्लबले १७ खेलमा मात्र २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ।

 
 

प्रकाशित मिति: : 2020-01-06 06:40:54

प्रतिकृया दिनुहोस्