सुनको मूल्य घट्याे

बिएल संवाददाता

काठमाडाै‌ं

केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ। आज सुनको मूल्य ५ सयले घटेको हो। 

सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2020-01-08 00:32:18

प्रतिकृया दिनुहोस्