भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

साउदी अरेबियामा बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो।


रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरे। भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काए।

रियलले १५ औं मिनेटमा क्रुसको गोलबाट लिएको थियो। ईस्कोले ३९ औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए।

यस्तै खेलको ६५ औं मिनेटमा मोड्रिचले रियलका लागि तेस्रो गोल गरे।

खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई ३–१ गोल अन्तरमा रोके। 

अब दोस्रो सेमिफाइनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसँग रियलले आइतबार उपाधिका लागि खेल्नेछ।

प्रकाशित मिति: : 2020-01-09 20:20:40

प्रतिकृया दिनुहोस्