पाम तेलको आयात खोल्ने भारतको संकेत

लाइसेन्स भएका व्यवसायीले मात्रै आयात गर्ने

निकेश खत्री

काठमाडौं

काठमाडौं। भारतले पाम तेलको आयात खोल्ने संकेत दिएको छ।भारत सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पाम तेलको आयात खोल्ने संकेत दिएको हो।

भारतको वैदेशिक व्यापार महानिर्देशनालय वैदेशिक व्यापार नीति संशोधन गर्दै कुनै पनि देशबाट पाम तेलको आयात गर्न नपाउने व्यवस्था गरेको थियो।

लगत्तै नेपाल सरकारले त्यसको निकासी खुलाउन निरन्तर पहल गरेपछि भारतले आयात खोल्ने संकेत गरेको छ।

प्रकाशित मिति: : 2020-01-14 20:38:15

प्रतिकृया दिनुहोस्