एथ्लेटिकोका सीईओ मारिन पेरिसमा, काभानीलाई भित्र्याउन दाैडधुप जारी

एथ्लेटिको मड्रिडका सीईओ मिगुएल एन्जल गिल मारिन पेरिस पुगेका छन्। स्पेनिस मिडिया मार्काका अनुसार उनी मंगलबार पेरिस पुगेका हुन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी इडिन्सन काभानीलाई कल्बमा भित्र्याउने विषयलाई थप सुनिश्चिता गर्न उनी पेरिस पुगेको मार्काले जनाएको छ। उनले पीएसजीका अध्यक्ष नासार अल–खेलाफीलाई पनि भेटेको समाचारमा उल्लेख गरिएको छ।

गिल मारिनले अध्यक्ष खेलाफीका साथै पीएसजीका खेल निर्देशक लियोनार्दोलाई पनि भेटेका छन्। यसअघि लियोनार्दोले एथ्लेटिकोले काभानीको विषयमा राखेको प्रस्ताव अस्वीकार गरेका थिए।

यसै विन्टर मार्केटमा ३२ वर्षीय काभानी एथ्लेटिकोसँग ३ वर्षे सहमति गर्नका लागि इच्छुक रहेको मार्काले जनाएको छ। 

पीएसजीका स्ट्राइकर काभानी पनि एथ्लेटिको आउन इच्छुक देखिएको ‘स्काई इटालिया’ले यसअघि लेखेकाे थियाे। कभानिले यस सिजनको लिग वानमा ९ खेल खेल्दा २ गोल गरेका छन्। भरखरै सुपरकाेपाकाे फाइनलमा  रियल मडि्रडसँग पेनाल्टि शुटअाउटमा ४–० ले हारेकाे एथ्लेटिकाेले अर्काे सिजन उत्कृष्ठ खेल प्रर्दशन गर्ने दाउमा छ।  यसअघि उसले एन्टोनी ग्रिजम्यान बेचेर पाेर्चुगलका युवा स्ट्राइकर जाओ फिलिक्स भित्र्याएकाे थियाे।

यता बार्सिलोनाका स्टार लियोनल मेसी ग्रिजम्यान बार्सिलोनामा आएपछि निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। मेसी कार्सिलोनाका पूर्व खेलाडी नेयमारलाई पुनः अनुबन्धनका गर्नका लागि जोड गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-01-16 02:54:12

प्रतिकृया दिनुहोस्