लिग वान: मोनाकोमाथि पीएसजीकाे शानदार जित, एम्बाप्पले गरे दुई गाेल

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा मोनाकोमाथि शानदार जित निकालेको छ।

बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले हराएको हो। पीएसजीको जितमा केलियन एम्बाप्पले दुई तथा नेयमार र पाब्लो सर्बियाले एक एक गोल गरे। मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए।

पीएसजले एम्बाप्पेको गोलबाट २४ औं मिनेटमा खेलमा अग्रता लिएको थियो।

पहिलो हाफको ईन्जुरी समयमा पीएसजीले अग्रता दोब्बर बनायो। उसका लागि नेयमारले पेनाल्टीमा गोल गरेका थिए।

सर्बियाले ७२ औं मिनेटमा पीएसजीलाई ३–० अग्रता दिलाए।

यता मोनाकोका बकायोकाले खेल सकिन ३ मिनेट अगाडी घरेलु टोलीका लागि एक गोल फर्काए। तर पीएसजीका लागि अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ को जित दिलाए।

जितसँगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ। मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-16 12:40:13

प्रतिकृया दिनुहोस्