एमसीसी सम्झौता विरुद्ध काठमाडौंमा प्रदर्शन (फाेटाेफिचर)

निरज बाडे

काठमाडाैं

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता मुलुकको हित बिपरित रहेको भन्दै ’नेपालका लागि नेपाली’ अभियान लगायतले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। 

उक्त सम्झौताले नेपालको हित नहुने र बिदेशीमा आत्मनिर्भर रहनुपर्ने भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले “नेपाललाई इराक बनाउन पाइदैन”, “एमसीसी तत्काल खारेज गर” लगायतका नारा लगाएका थिए।

उनीहरुले कुनैपनि हालतमा एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न नहुने भन्दै प्रदर्शन गरेका थिए। 

एमसीसीलाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा मतहरु विभाजित देखिएका छन्। सरकार यसलाई पारित गर्ने पक्षमा देखिन्छ भने सत्तारुढ नेकपाकै कतिपय नेताहरु यसको विरोध गरिरहेका छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन्।

सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताइसकेका छन्।

उता प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसी तत्काल पारित हुनुपर्ने पक्षमा छ।

त्यस्तै प्रदर्शनकारीहरुले सूचना प्रविधी लगाएत बिभिन्न बिधेयकले नागरिकको स्वतन्त्रताको हकमाथि नै खतरा भएको भन्दै संविधान विरोधी ऐन अघि नबढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

तस्बिर: निरज बाडे​

प्रकाशित मिति: : 2020-01-19 10:43:07

प्रतिकृया दिनुहोस्