फर्नान्डिन्होको आत्मघाती गोलमा सिटी बराबरीमा रोकियाे, अग्युरोकाे दुई गोल गयाे खेर

फर्नान्डिन्होको आत्मघाती गोलमा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको हो।

सिटीका लागि सर्जियो अग्युरोले दुई गोल गरे। क्रिष्टलका सेन्क टोसुनले एक गोल गरे । यस्तै सिटीका फर्नान्डिन्होले एक आत्मघाती गोल गरे।

खेलमो ३९ औं मिनेटमा नै क्रिष्टलका टोसुनले गोल गरेका थिए। पहिलो हाफ ०–१ ले पछाडी परेको सिटीले दोस्रो हाफमा शानदार खेल प्रर्दशन गर्यो। खेलको ८२ र ८७ औं मिनेटमा अग्युरोले गोल गरेका थिए। तर ९० औं मिनेटमा फर्नान्डिन्होले आत्मघाती गोल गर्दै जितिसकेको खेललाई बराबरीमा परिणत गरे। 

बराबरीसँगै दोस्रो स्थानको सिटीले २३ खेलमा ४८ अंक जोडेको छ। सिटी लिभरपुल भन्दा १३ अंकले पछि रहेको छ। 
 

प्रकाशित मिति: : 2020-01-19 11:53:18

प्रतिकृया दिनुहोस्