अन्‍नपूर्ण क्षेत्रमा हिउँपहिरो : पहिरोको जोखिम बढेपछि उद्धार टोली नै पोखरा फर्कँदै

हिउँ थपिएको थपियै, माैसम नसुध्रिए बेपत्ता भेटिन महिनाैं लाग्‍ने

फाइल तस्बिर

काठमाडौं : हिमपहिरोमा बेपत्ता पर्यटकको उद्दार गर्न अन्नपूर्ण वेसक्याम्प वरपर पुगेको उद्दार टोली नै पहिरोको जोखिम बढेपछि पोखरा फर्किएको छ। गत बिहीबार र शुक्रबार लगातार भएकाे हिमपातपछि गएको पहिरोमा परी अन्नपूर्ण बेसक्याम्पतर्फ गएका सातजना पर्यटक अझै बेपत्ता छन्‌।

बेपत्ता भएकामध्ये चारजना कोरियाली नागरिक रहेको र बाँकी तीनजना नेपाली रहेका, तर उनीहरु पथप्रदर्शक या आन्तरिक पर्यटक हुन्‌ भन्ने अझै खुलेको छैन। हालसम्म उद्दार टोलीले एक सय जना भन्दा बढी पर्यटक र पदप्रदर्शकहरुको उद्दार गरिसकेको छ। 

प्रकाशित मिति: : 2020-01-20 02:54:42

प्रतिकृया दिनुहोस्