सुरुवाती अग्रता जोगाउन नसक्दा बर्नलीसँग लेष्टर पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीपराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा बर्नलीसँग लेष्टर  २–१ गोल अन्तरले पराजित भएको हो।

बर्नलीको मैदानमा आइतबार भएको खेलम ३३ औं मिनेटमा हार्भी बर्नेशको गोलबाट लेष्टरले सुरुवाती अग्रता बनाएको थियो।

५६ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा ल्याए।  ७९ औं मिनेटमा एश्ले वेस्टउडले गोल गर्दै बर्नलीलाई २–१ को जित दिलाए।

जितसँगै १४ औं स्थानमा रहेको बर्नलीले २३ खेलमा २७ अंक जोडेको छ।  पराजित लेष्टरले भने लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। तेस्रो स्थानको लेष्टरले २३ खेलमा ४५ अंक जोडेको छ।
 

प्रकाशित मिति: : 2020-01-20 11:32:48

प्रतिकृया दिनुहोस्