मंगलबार सुनचाँदीको मूल्य वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य मंगलबार रु ३०० ले बढेर तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि सोमबार छापावाला सुन तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छ।  

यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ८९८ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ। 

प्रकाशित मिति: : 2020-01-22 01:53:06

प्रतिकृया दिनुहोस्