सरकारलाई समस्या : मूल्य वृद्धि नियन्त्रणमा नरहने, आर्थिक वृद्धिदर पनि नपुग्‍ने

अर्थमन्त्री भन्छन् : अर्थतन्त्र थोरै ओरालो लाग्दैमा लड्दैन

फाइल तस्बिर

चालु आर्थिक वर्षमा सरकार आर्थिक वृद्धिद र मूल्य वृद्धिदर दुवैमा असफल हुने देखिएको छ। आर्थिक वृद्धिदर साढे ८ प्रतिशतको रहने सरकारी लक्ष्य पूरा नहुने भएको हो। अर्कातिर मूल्य वृद्धिदर ६ प्रतिशतको नियन्त्रणमा राख्‍ने सरकारी लक्ष्य पनि असफल हुने भएको छ। यी लक्ष्य पूरा गर्न नसक्ने निचोड अर्थमन्त्रालयकै अधिकारीहरुले निकालेका हुन्। 

गत वर्ष अपेक्षाअनुसार आर्थिक वृद्धि हुन नसके पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको सरकारी तथ्यांकले देखाएको थियो। चालु आर्थिक वर्षमा भने मूल्य वृद्धि पनि नियन्त्रण बाहिर गइसकेको छ। तर यसबारेमा अर्थमन्त्री डा. युवराज खतिवडाले यथार्थ स्थिति नबुझी टिप्पणी गरेको भन्दै गुनासो गरेका छन्। साढे ६ प्रतिशतको मूल्यवृद्धि धेरै भयो भन्‍नु अर्थतन्त्रमाथि बहस नै फरक ढंगले गर्न खोजिएको देखिने खतिवडाले बताए। 
 

प्रकाशित मिति: : 2020-01-22 05:28:35

प्रतिकृया दिनुहोस्