बैकल्पिक खेलाडी अग्युरोको गोलमा सिटीको साँघुरो जित

इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेड पराजित भएको छ। 

मंगलबार राति भएको खेलमा सेफिल्ड म्यान्चेस्टर सिटीसँग १–० गोल अन्तरले हारेको हो।

सिटीलाई साँघुरो जित दिलाउन सर्जियो अग्युरोले गोल गरेका थिए।  

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि ७३ अौं मिनेट निर्णयक गोल गरेका थिए।

जितसँगै सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। सिटी शीर्षस्थानको लिभरपुल भन्दा १३ अंक पछाडी छ।

सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-22 19:13:55

प्रतिकृया दिनुहोस्