हुम्लाको ‘रातो टालो’ लिएर आए हमाल

हुम्लाका सृजनशील युवा जगदिश हमालले आफ्नो गृहजिल्लामा प्रचलित अन्तरजातीय प्रेम कथामा आधारित ‘रातो टालो’ म्युजिक भिडियो बनाएका छन् । बाइस मिनेट लामो भिडियोमा आपसी प्रेम, हुम्ली संस्कृति, चाडपर्व र जनजीवनको सुवास पाइन्छ । 

हमालले पचास वर्ष अघिको कथा गीति भाकामा पस्केका हुन् । यसमा धामी युवक र दलित युवती बीचको प्रेम झल्काइएको छ । गीतमा हमाल एवं गायिकाद्वय माण्डवी त्रिपाठी र दिव्या पन्तले स्वर दिएका छन् भने यसको छायाङ्कन हुम्लामै गरिएको छ ।  

अन्तर जातीय विवाह गर्दा समाजमा भोग्नु परेको दुःखलाई थिम बनाएर गीति कथा बनाइएको हमालले बताए । म्युजिक भिडियोका निर्देशक डायमण्ड उप्रेती हुन् भने यसमा आष्मा पोखरेल, इतुसा पोखरेल र अविनास लामाले क्यामेरा सह निर्देशनमा साथ दिएका छन् ।  त्यस्तै गीतमा सूर्य ब. शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ लामा र सदिक्षा रोकायले अभिनय गरेका छन् । 

मंगलबार हमालको जन्म दिनको अबसरमा फस्र्ट फ्याक्ट्रिबाट रातो टालोको पोष्टर सार्बजनिक गरिएको थियो । छिप्रा गाउँ हुम्लाका २७ वर्षे तन्नेरी हमालले बनाएको यस भिडियोले हुम्ला जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने छ ।’ 

‘रातो टालो’ फ्रेबुअरी १४ अर्थात् प्रेम दिवस (फागुन २)का दिन काठमाडौंमा प्रदर्शन गरिँदै छ । 

प्रकाशित मिति: : 2020-01-30 09:10:10

प्रतिकृया दिनुहोस्