एन्फा कास्कीका अध्यक्ष गुरुङ धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ रिहा भएका छन्। बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका गुरुङ १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका हुन्। गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भएपछि पोखरा लेकसाईडस्थित ओम गौरा जोस्टल होटलका संचालक हरीभक्त आर्चायले दिएको उजुरीका आधारमा अध्यक्ष गुरुङ पक्राउ परेका थिए।

१० माघमा पक्राउ परेका गुरुङलाई प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमती लिएर हिरासतमन राखेको थियो।

गुरुङ पक्राउ परेपछि एन्फा कास्कीले जगतबहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-02-06 10:24:00

प्रतिकृया दिनुहोस्