बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएकाे छ।
बिहिबार राति भएको खेलमा एट्लेटिको बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो।
खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटले गरेको आत्मघाति गोल नै बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर पुर्याउन पर्याप्त रह्यो।
बार्सिलोना लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्यो।