म्यानचेस्टर सिटीका फरवार्ड रहीम स्ट्रर्लिङले इंग्लिस प्रिमियर लिग अन्तर्गत वेष्ट ह्यामसँगको खेल गुमाउने भएका छन्।
इंग्ल्यान्डका २५ वर्षे फरवार्ड स्ट्रर्लिङले गत आइतबार टोटेनहमसँगको खेलमा चोट बोकेका थिए। उक्त खेलमा सिटी २–० ले पराजित भएको थियो।
उक्त खेलको क्रममा उनले ‘ह्यामस्ट्रिङ’काे चोट बोकेको कल्बले जनाएको छ। उनी यही चोटका कारण आइतबार वेष्ट ह्यामसँग हुने खेलमा मैदान नउत्रिने बताइएको छ।
यस सिजन स्ट्रर्लिङले २५ लिग खेलमा २३ खेल खेलेका छन्।
लिगमा लिभरपुलले २४ खेलमा ७४ अंक जोडेको छ। लिभरपुल लिगमा अपराजित एक्लो टिम हो। लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग २२ अंकको अग्रता बनाएको लिभरपुल उपाधि नजिक पुगेको छ।