ए डिभिजन लिग: जावलाखेलकाे पाँचौं जित

जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पाँचौं जित निकालेको छ।

 एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको फ्रेण्ड्स क्लबलाई १–० ले हराउँदै जावलाखेल पाँचौं स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बनेको खेलको ५८औँ मिनेटमा फोडे फोफोनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।

त्यसको चार मिनेटपछि फ्रेण्ड्सका साउलो डि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। 

जितसँगै जावलाखेल एघार खेलबाट १८ अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिएको छ। पराजयसँगै फ्रेण्ड्स १२ औँ स्थानमा यथावत छ। उसले एघार खेलबाट १४ अंक बनाएको छ।

प्रकाशित मिति: : 2020-02-09 08:21:05

प्रतिकृया दिनुहोस्