पर्साका बालबालिकालाई दादुरा र रुबेलाकाे खोप लगाइने

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आउदो फागुन १ गते जिल्लाभर दादुरा तथा रुबेला खोप अभियान संचालन गर्ने भएको छ। फागुन मसान्त भरीमा पर्साका ८५ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने पत्रकार सम्मेलन मार्फत जनाईएको छ।

नेपाल सरकार,स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियान अन्तर्गत नेपालको १९ वटा जिल्ला भरीमा तीन चरणमा फागुन १देखि ३० गतेसम्म यो खोप लगाउने कार्यक्रम छ। जनस्वास्थ्यले यस विषयमा पत्रकार सम्मेलन गरी जिल्लाका ८५ हजार ९ सय ५१ जना बालबिालकालाई खोप लगाउने सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

खोप अधिृकत अनिल सिंहले पर्साको वीरगन्ज महानगरको ३२ वटा वडामा फागुन १देखि १० गतेसम्म, दोस्रो चरणमा जिल्लाका जिराभवानी, सखुवा प्रसौनी, पटेर्वा सुगौली र ठोरी लगायत जिल्लाका माथिल्लो भेगका ७ वटा स्थानीय तहमा १२ देखि २० गते सम्म र बाकी  तस्रो चरणमा जिल्लाका तल्लोमा रहेका पकहामैन पुर, विन्ध्यवासिनी, धोबिनी, बहुदरामाई  लगायत ६ वटा स्थानीय तरहमा यहि फागुन २२ देखि ३० सम्म खोप लगाउने कार्यक्रम तय भएको बताए।

९ महिनादेखी ५ बर्षमुनीका सबै बालबालिकामा यो खोप लगाउन पर्साका १४ वटा स्थानीयतहमा  ८६३ खोप केन्द्र मार्फत १७४६ जना स्वयसेवकले खोप लगाउने उनले जानकारी गराए। खोप अभियानले बालबलिकाहरुमा दादुरा रुबेला सम्बन्धी देखा पर्ने सम्पूर्ण रोग निको हुने उनले बताए। 

नेपालको १९ वटा जिल्लामा दादुरा रुबेलाको खोप प्रतिशत ९५ प्रतिशतबाट शतप्रतिशत पु¥याउन र दादुरा रुबेला पूर्ण रुपमा निर्मलु पार्न रोटरी क्लब इन्टरनेशनलको सहयोगमा नेपाल सरकारले पोलियो जस्तै यो अभियान चलाइरहेको छ।

खोप (सुई) लगाउन हल्क ज्वरो वा एलर्जी आउँदा सर्वसधारणले सहज रुपमा लिई नआतिन पनि खोप अधिकृत सिंहले आग्रह गरे।जनस्वास्थ्य प्रमुख कामेश्वर चौरसियाले खोप अभियनलाई सफल बनाउन सम्पूर्ण सरोकारवालाले सहयोग गर्न अपिल गरे।

प्रकाशित मिति: : 2020-02-11 23:54:08

प्रतिकृया दिनुहोस्