पूर्वसचिव कार्कीकी पत्नी मुनाको अन्त्येष्टि

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अमेरिकाबाट भाइ शिव अधिकारी मंगलवार राति १ बजे काठमाडौँ आएपछि उनको अन्त्यष्टि गरिएको हो।

उनको दाहसंस्कारका क्रममा कार्की परिवारलगायत माइतीपट्टिका आफन्तसमेतको उपस्थिति रहेको थियो। गत सोमवारका दिन बिहान पुर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका थिए।

सोहि मौका छोपेर कामदार विजय चौधरीले मुना कार्कीको हत्या गरेका थिए भने उनको हत्यापछि विजय स्वयंले पनि नाइलनको डोरीले घाटीमा पासो लगाई आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2020-02-13 05:58:34

प्रतिकृया दिनुहोस्