मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा गोल भएको थियो। मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे।
जितसँगै मनाङले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ। मनाङले १३ खेलमा २८ अंक जोडेको छ। जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ।