इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति एक खेल हुँदैछ।
घरेलु मैदानमा साविक विजेता म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाइटेडबीच बुधबार प्रतिस्पर्धा हुनेछ। सिटी सहज जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाउने योजनामा हुनेछ।
लिगको दोस्रो स्थानमा रहेको सिटीले २५ खेलमा ५१ अंक जोडेको छ। सिटी लिग लिडर लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ। लिभरपुलको ७६ अंक रहेको छ।
यता, वेष्ट ह्याम जित निकाल्दै वेष्ट ह्याम रेलिगेसन जोनबाट माथि उक्लन चाहन्छ। लिगको १८ औं स्थानमा रहेको वेष्ट ह्याम १८ औं स्थानमा रहेको छ।