ओलीको आत्मरती, आचारसंहिता उल्लंघन गर्दै जन्मदिनमा ‘अशोभनीय तडकभडक’

तीर्थराज बस्नेत

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आचरसिंहतालाई लत्याउँदै तडकभडकरुपमा आफ्नो जन्मदिनलाई बनाएका छन्। २००८ फागुन ११ मा जन्मिएका ओलीले आफ्नो ६९ औं जन्मदिन तडकभडकका साथ मनाएका हुन्।
 
आइतबार बिहान बुवा मोहनप्रसाद ओली, श्रीमति राधिका शाक्य, पार्टीका नेताहरुसका साथमा बालुवाटारमै केक काटेका उनी दिँउसो हेलिकोप्टर चढेर जन्मस्थल पुगे। तेह्रथुमको आठराईमा उनको जन्मदिन भव्यरुपमा मनाउन गाँउपालिकाले सार्वजनिक विदा समेत दियो। जहाँ तीन हजार देखि पाँच हजार मानिसका लागि भव्य भोजको आयोजना गरिएको छ। नेकपाको संगठन विभागले बनाएको आचारसंहितालाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले ‘हाइफाइ’ जन्मदिन मनाएका हुन्। 

प्रकाशित मिति: : 2020-02-24 21:26:10

प्रतिकृया दिनुहोस्