सुनको मूल्यमा सामान्य गिरावट

बिएल संवाददाता

काठमाडाै‌ं

मंगलबार सुनको मूल्य सामान्य गिरावट आएको छ। एक सातादेखि निरन्तर बढेको सुनको मूल्य मंगलबार भने तोलामा ३ सय रुपैयाँले घटेको हो। 

मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँको गिरावट आएको हो।

मंगलबार छापावल सुनको मूल्यको प्रतितोला तीन सयले सस्तिएर ८० हजार झरेको छ भने तेजावी सुनको मूल्य ७९ हजार ७ सय कायम भएको छ।

चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँमा स्थिर छ। 

बढ्दो मूल्यका कारण बिहेको महिना भए पनि सुनको कारोबार खस्किएको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-26 00:32:33

प्रतिकृया दिनुहोस्