मछिन्द्र बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मछिन्द्र क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६–१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे। यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे। कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए ।

बिमलले खेलको २० औं मिनेटमा, ८१ औं मिनेटमा र ८७ औं मिनेटमा गाेल गरेका थिए बिमल खेलकाे म्यान अफ द म्याच घाेषित भए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । 

प्रकाशित मिति: : 2020-02-26 06:44:33

प्रतिकृया दिनुहोस्