‘नेरोल्याक’मा सर्बोच्चको नजिर : विदेशी ट्रेडमार्क कब्जा गर्ने बाटो बन्द

अनलाइनखबर

काठमाडौं

कान्साई न्यारोल्याक प्रालि भारतले नेपालमा आफ्ना उत्पादन बिक्री गर्न २०६८ सालमा ‘कान्साइ नेरोल्याक पेन्ट्स नेपाल’ कम्पनी वीरगञ्जमा स्थापना गर्‍यो । यो कन्साई कर्पोरेसन जापान ओसाकाको ७० प्रतिशत भन्दा बढी सेयर हिस्सा रहेको भारतीय रंग कम्पनी हो । तर, नेपालमा यो कम्पनीले आफ्नो नाम (ट्रेडमार्क) प्रयोग गर्न पाउनकै लागि निकै कठीन कानूनी लडाइँ लड्नुपर्‍यो ।

विश्वभर ट्रेडमार्कलाई व्यक्ति र कम्पनीहरुको खोस्नै नसकिने बौद्धिक सम्पत्तिका रुपमा मान्यता दिइन्छ । तर, नेपालको कानूनले भने विदेशमा स्थापित आधिकारिक ट्रेडमार्क नेपालमा दर्ता गर्न रोक्दैन, बरु अरुले यहाँ दर्ता गरेपछि आधिकारिक कम्पनी र व्यक्तिलाई नै ट्रेडमार्क प्रयोगमा बन्देज लगाउँछ । कान्साइले यसका विरुद्ध लडेको कानूनी लडाइँले नेपालको यो कानूनी व्यवस्था अन्तर्राष्ट्रिय मान्यता विपरित भएको पुष्टी गरिदिएको छ ।

प्रकाशित मिति: : 2020-02-28 21:20:06

प्रतिकृया दिनुहोस्