कोरोनाबाट पर्यटन क्षेत्र जाेगाउन मन्त्रीले लिए पहल

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले कोरोना भाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन्। 

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाल निकायसँग बुधबार मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराइले उक्त निर्देशन दिँदै उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखि पठाउनसमेत निर्देशन दिए। आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीमबनाइने मन्त्री भट्टराइले बताए।

मन्त्री भट्टराइले पर्यटन क्षेत्रसग आवद्ध सबै संघसंस्था तथा विज्ञहरुलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नु पर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गरे। साथै, विमानस्थलहरुमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै मन्त्री भट्टराइले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बाहेक पर्यटकहरुको धेरै आवातजवत हुने काठमाडौं बाहिरका विमानस्थलहरुमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हेल्थ डेस्क राख्ने प्रकृया पनि अघि बढाइएको बताए। 

अभिभावककारुपमा राज्य भएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसायहरु संचालन गर्न पनि उनले पर्यटन व्यवसायीहरुसँग आग्रह गरे। यो अवस्थामा प्रशस्त, सुचना लिने, विश्लेषण गर्ने र संयमताका साथ निर्णय लिने मन्त्री भट्टराइको भनाई थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबाबु अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बायुसेवा संचालक संघ, होटल संघ, टान, नाट्टा, हानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराएका थिए। 

राज्यले यो उद्योगलाई बचाइराख्न बैं कको व्याजदर लगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने उनीहरुको माग थियो।
 

प्रकाशित मिति: : 2020-03-05 06:11:44

प्रतिकृया दिनुहोस्