मोरिन्होको टिमलाई फेरि धक्का, जित विहिन यात्रा पाँच पुग्याे

इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामले वर्नलीसँग बराबरी खेल्दै अंक बाँडेको छ।

शनिबार राति भएको खेलमा टोटनह्याम बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल खाएको टोटनह्यामले दोस्रो हाफमा एक गोल फर्काएको थियो। १३ औं मिनेटमा क्रिस वूडले बर्नलीका लागि गोल गर्दै अग्रता दिलाएका थिए।

५० औं मिनेटमा डेल अलीले पेनाल्टी मार्फत टोटनह्यामका लागि बराबरी गोल फर्काए। अलीले प्रिमियर लिगमा ५० औं गोल पुरा गरेका छन्।

जोसे मोरिन्होको टिम टोटनह्यामले पछिल्ला खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। टोटनह्याम पछिल्ला पाँच खेलमा जित विहिन छ।

बराबरीपछि २९ खेलबाट ४१ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा झरेको छ।

शनिबार राति नै भएको खेलमा वेष्टह्यामलाई १–० ले पराजित गरेको आर्सनल २८ खेलबाट ४० अंकसहित नवौँ स्थानमा उक्लिएको छ।

शनिबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्ड, शेफिल्ड युनाइटेडले नर्विच तथा न्यूक्यासलले साउथह्याम्पटनलाई समान १–० ले पराजित गरेका छन्। यस्तै वुल्भ्सले ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति: : 2020-03-08 19:49:12

प्रतिकृया दिनुहोस्