अन्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औँ मिनेटमा अन्जनले निर्णायक गोल गरेका हुन्।
मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो। यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनलमा थ्री स्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ।