महिला दिवसको दिन ६० जना सम्मानित

११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगन्जको प्रकाश डान्स एन्ड फिटनेस स्टुडिओले विभिन्न क्षेत्रमा संलग्न महिलाहरुलाई सम्मान गरेको छ। कार्यक्रममा ६० जना महिलालाई सम्मानित गरिएको हो। 

डान्स ट्रेनर सलोनी रौनियारले माहिलाहरु अति ब्यस्त रहेर पनि आफ्नो कामलाई जिम्मेवारी पूर्वक निर्वाह गर्नू आफैमा सराहनीय भएकोले सम्मानको पात्र रहेको बताइन्। 

यता फोरजि आर समूह तथा वुमन क्रिएसनकी अध्यक्ष नुतन सरावगीले महिलाहरुलाई अरुको देखासिखी गर्ने कामभन्दा आफ्नो दक्षता अनुसारको काम गरेर समाजमा छुट्टै पहिचान बनाउन सुझाव दिइन्। अरुको देखासिखि गर्ने बानीले गर्दा महिलाहरु आफै समस्यामा पर्ने गरेको उनको भनाई रहेको थियो। 

यता शिक्षिका तथा वि केयरकी अनुजा अग्रवालले समुदायको नकारात्मक तथा पुरातन सोचलाई महिलाले हटाए परिर्वत आउन सक्ने बताइन्। उनले महिलाहरु घर भित्र कामकाजको साथै बाहिरी कामकाजमा पनि अगाडी बढ्नु आजको आवश्यक्ता रहेको जोड दिइन्।

प्रकाशित मिति: : 2020-03-09 09:51:27

प्रतिकृया दिनुहोस्