श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

एजेन्सी

काठमाडाै‌ं

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ। देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अधिकारीले जनाएका छन्। 

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो। 

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुपरेको अधिकारीहरुले जनाएका छन्। 

कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ।

प्रकाशित मिति: : 2020-03-19 05:57:15

प्रतिकृया दिनुहोस्