अमेरिका र क्यानडाबीच सीमा बन्द गर्ने सहमति, यात्रामा कुनै अवरोध नहुने

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिका र क्यानडाबीच सीमा बन्द गर्ने सहमति भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप अमेरिका र क्यानडाले अत्यावश्यक बाहेकका अवस्थामा सीमा बन्द गर्ने सहमति भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री जस्टिन ट्रूडोबीच बुधबार भएको सहमति अनुसार अत्यावश्यक यात्राका लागि सीमा खुला गरिए पनि त्यो बाहेकका यात्रुलाई सीमा वारपार गर्न नदिने जनाइएको छ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘हामीले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेका छौँ।’

सीमामा गरिएको कडाईबाट व्यापार भने प्रभावित नहुने ट्रम्पले बताएका छन्। अमेरिका र क्यानडा दुवै देशले बिस्तारित तहको यात्रा प्रतिबन्ध लागु गरेका छन्, तर आफूहरुबिचमा भने त्यस्तो नियम लागु गरेका छैनन्। क्यानडामा उत्पादन भएका ७५ प्रतिशत भन्दा बढी सामग्रीको बजार अमेरिका हो।

क्यानडाका प्रधानमन्त्री ट्रूडोले भनेका छन्, ‘तर म स्पष्ट पार्न चाहन्छु कि अत्यावश्यक यात्रामा भने कुनै अवरोध हुने छैन।’

प्रकाशित मिति: : 2020-03-19 20:50:09

प्रतिकृया दिनुहोस्