सागसब्जी बेच्नेदेखि अटोरिक्सा चलाउनेसम्मलाई सांसद यादवले बाढे सेनिटाइजर र माक्स

समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादवले वीरगञ्जमा सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् । विभिन्न समूह बनाएर एकहजार पाँच सय सर्जिक माक्स र ५ सय सेनिटाइजर वितरण गरिएको सांसद यादवले जानकारी दिए।

सांसद यादवले आइतबार बिहानै वीरगञ्ज फुटपाथमा सागसब्जी बेच्नेदेखि अटोरिक्सा चलाउनेसम्मलाई एक–एक पिस मास्क र एक–एक पिस सेनिटाइजर वितरण गरेका हुन्।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मास्क प्रयोग गर्ने र सामान खरिद बिक्रि गर्दा, पैसा लिँदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई माक्स र सेनिटाइजर वितरण गरेका उनले जानकारी दिए।

बजारमा सर्जिक माक्सको हाहाकार र सेनिटाइजरको अभाव भइरहेको बेला सांसद यादवद्वारा वितरीत माक्स तथा सेनिटाइजरले रिक्सा चालक तथा सानो व्यापारीहरुलाई राहत महशुस भएको अटोरिक्सा चालकले बताए।

माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2020-03-23 01:15:41

प्रतिकृया दिनुहोस्