प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको उपचार र रोकथामका लागि सरकारले आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेकोले धैर्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसका सम्बन्धमा स्वास्थ्यकर्मीहरुलाई चार सन्देश दिएका हुन्।
प्रधानमन्त्रीले ओलीले कोरोना मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन्।
यस्ता छन् उनका ४ सन्देश
१–हाल मौज्दात सामग्रीको अधिकाअधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ,
२– तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौँ,
३–कोभिड १९मानव संकटको एकजुट भएर सामना गरौँ,
४–सरकार तपाईँहरुसँगै छ,चिन्तित नहोऔँ,