पोखराबाट थप ५८ पर्यटकको उद्दार

पोखरामा अलपत्र परेका ५८ जना पर्यटक काठमाडौं आएका छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई यती एअरलाइन्सले उद्दार गरी शुक्रबार काठमाडौं ल्याएको हो।

५८ जना पर्यटकहरुमा धेरै स्वीस नागरिक र केही युरोपियन देशका नागरिकहरु छन्।

काठमाडौं स्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर निजी वायुसेवा कम्पनी यती एयरलान्सले पर्यटकहरु उद्दारका लागि विमान पठाएको हो।

यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटीआर ७२ ९एन एएमएन विमान यात्रु लिन त्रिभुवन विमानस्थलबाट साँझ ५ बजे पोखरातर्फ प्रस्थान गरेको थियो।

यसका साथै यती एयरलान्सको भगिनी संस्था तारा एअरले बिहिबार लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र शुक्रबार बिहान १४ जना अस्ट्रेलियन नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो।

यसअघि बिहिबारै बुद्ध एयरले ५९ जना पर्यटकलाई उद्धार गरी काठमाडौं ल्याएको थियो।

प्रकाशित मिति: : 2020-03-28 10:48:16

प्रतिकृया दिनुहोस्