‘आर्थिक प्रभावलाई लिएर कठिन निर्णय लिनुपर्ने बेला आउँदैछ’

एजेन्सी

काठमाडाै‌ं

प्रिमियर लिग, इएफएल र प्रोफेसनल फुटबलर्स् एसोसिएनसले इंग्लिस फुटबलको इतिहासमा कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई लिएर कठिन निर्णय लिनुपर्ने अवस्था आएको बताएका छन्।

प्रिमियर लिग, इएफए र पिएफएले संयुक्त वक्तव्य जारी गरेर कठिन निर्णय लिनु पर्ने अवस्था आउन थालेको बताएका हुन्। वक्तव्यमा कोरोना भाइरसका कारण प्रभावित भएकाहरुप्रति सहानुभूति व्यक्त गरिएको छ।

वक्तव्यमा उल्लेख छ, ‘संयुक्त समाधानका लागि हामीहरु संयुक्त रुपमा काम गर्न सहमत भएका छौँ।’आउँदो हप्ता अर्को बैठक बस्ने जनाइएको छ।

सबै खेलहरु कोरोना भाइरसको महामारीका लागि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित गरिएका छन्। खेलहरु कोरोना भाइरसको संक्रमण फैलिँदैन भन्ने ढुक्क भएपछि मात्रै सुरु हुने छन्।

कोरोना भाइरसका कारण उत्पन्न भएको खराब अवस्थाले लिग, क्लब, खेलाडी, खेल पदाधिकारी तथा कर्मचारी र समर्थकमा परेको प्रभावको समाधानको योजनाबारे छलफल हुनेछ। बैठकपछि खेलाडीहरुको पारिश्रमिक कटौति सम्बन्धमा निर्णय हुन सक्नेछ।

प्रकाशित मिति: : 2020-03-28 20:39:57

प्रतिकृया दिनुहोस्