युरोपको एकमात्र देश जसलाई छैन कोरोनाको डर

राष्ट्रपति भन्छन्– ट्याक्टरले जोगाउँछ, विपक्षी नेता भन्छन्– अरु देश पागल

अनलाइनखबर

काठमाडाै‌ं

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्मका सबै उपायहरु अपनाइरहेका छन् ।

तर युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना भाइरसलाई रोकथामका लागि दैनिक जनजीवनमा कुनै रोकतोक छैन । त्यो देश हो बेलारुस । बेलारुसले आफ्ना निकट छिमेकी देशहरु युक्रेन र रुसमा जस्तै कोरोना संक्रमण रोक्नका लागि कडा कदम चालेको देखिँदैन ।

युक्रेनले भने कोरोना संक्रमण रोक्नका लागि आपतकाल घोषणा गर्ने तयारीमा छ । रुसले सबै स्कुलहरु बन्द गराएको छ । सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । देशमा आउने–जाने सबै उडानहरु रद्द गरिएको छ । तर, बेलारुसका जनताहरुको दैनिकी अन्य दिनको जस्तै सामान्य अवस्थामा चलिरहेको छ ।

सीमा नाका पनि खुल्ला छन् । मानिसहरु काममा जाने–आउने गरिरहेका छन् । बेलारुसका जनतालाई अत्यावश्क सामान किन्ने र भण्डारण गर्ने हतारो पनि छैन ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कोरोना भाइरसलाई रोकथाम गर्न सावधानीका कदम चाल्न अहिले जरुरी नभएको बताएका छन् ।

प्रकाशित मिति: : 2020-03-28 21:37:30

प्रतिकृया दिनुहोस्